+
+

भ्यालन्टाइन डेको अवसरमा ‘माया तिमीविना’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १४:२४

२ फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर ‘माया तिमीविना’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रिजोल नेपाली र अस्मिता परियारको स्वर, दीपक नेपालीको शब्द र प्रिजोलकै संगीत तथा एरेन्ज रहेको गीत सोमबार सार्वजनिक गरिएको हो ।

प्रेमभावको यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा प्रियना आचार्य, पूनम गौतम, राज र डेलविसले अभिनय गरेका छन् ।

उत्सव दाहालले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । गीतका निर्माता दिनेश दर्शनधारी र यसोदा राई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?