+
+

दाङका बेपत्ता परिवारलाई वडाले घर बनाइ दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १८:१०

२ फागुन, दाङ। जनयुद्धको क्रममा बेपत्ता पारिएका एक परिवालाई वडा कार्यालयले घर निर्माण गरिदिने भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ ले जनयुद्धका क्रममा बेपत्ता पारिएको परिवारकी सितली मगरको घर निर्माण कार्य सुरु गरेको हो । जनयुद्ध दिवसको सन्दर्भमा घर निर्माणको शिलान्यास गरिएको हो ।

१० बर्से जनयुद्ध तथा बेपत्ता असहाय परिवारको आवास निर्माण कार्यक्रम अन्तर्गत ६० वर्षीया मगरलाई ७ लाखको लागतमा घर निर्माणको काम सुरु गरिएको वडाध्यक्ष शक्तिराम डाँगीले बताए ।

द्वन्द्वपीडित परिवारलाई स्थानीय सरकारको अभिभावत्व ग्रहण गर्न भन्दै वडाले घर निर्माण गर्न थालेको उनले बताए । उनका श्रीमान् जीतबहादुर घर्ती २०५८ साल मंसिर २ गते सेनाले पक्राउ गरी बेपत्ता पारिएका थिए । २० वर्षयता उनकी श्रीमती सितली एक्लै किराना पसल गर्दै आएकी थिइन् ।

‘श्रीमान बेपत्ता पारिएप्छि उहाँसँग घर थिएन । एक्लै सानो पसलभित्रै बस्दै आउनुभएको थियो’ उनले भने, ‘अब उहाँको त्यसको अभिभावकत्व वडाले लिएको छ । उहाँ बस्नका लागि घर निर्माणको काम अघि बढाएका छौ ।’

त्यस्तै वडाले जनयुद्धका मृतक, घाइते, बेपत्ता भएका १९ घर परिवारका लागि निशुल्क बिमा, शहिदहरुको शालिक र पार्क निर्माण लगायतको काम गरेको वडाध्यक्ष डाँगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?