
२ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताएका छन् । उनले आफू त रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे ।
सोमबार आफूले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले भने, ‘मेरो भनाइ के हुन्छ भने म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ ।’
सर्वदलीय बैठकमा एमसीसीका विषयमा के छलफल भयो भन्ने पत्रकारको प्रश्नमा उनले सबैले आआफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताए ।
‘म अलि ओपन माइन्डको छु । मैले सबैका कुरा गम्भीरतापूर्वक सुनेको छु, किनभने म वर्तमानमा सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्नुपर्छ’ उनले भने ।
आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको सभामुख सापकोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4