
२ फागुन, चितवन । मुग्लिन-नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् । उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुश्बु घाइते भएका छन् ।
प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो ।
अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4