
३ फागुन, काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध अब नयाँ रहेन । सार्वजनिक रुपमा प्रेम सम्बन्ध स्वीकार नगरेपनि यो जोडी केही वर्षदेखि एकअर्काको प्रेममा छ ।
यो जोडीले चलचित्र बनाउने चर्चा पनि बेला बखत चलिरहेको हुन्छ । यसैबीच नीता र हरिहरले चलचित्र ‘ह्रस्व दीर्घ’ नामक चलचित्र बनाउने भएका छन् ।
यो चलचित्रलाई नीताले नै निर्देशन गर्नेछिन् । चलचित्रमा हरिहर र नीताकै जोडी रहनेछ । चलचित्रका लागि हाल लोकेसन खोजी र स्क्रिप्टको काम भइरहेको छ । स्रोतका अनुसार चलचित्रको छायांकन आगामी वर्षको भदौबाट सुरु गर्ने योजना निर्माणपक्षको छ ।
नीता र हरिहरले चलचित्रको काम अगाडि सिरिज ‘श्रीमद्भावगत गीता’को छायांकन गर्नेछन् । सिरिजको छायांकन जेठबाट सुरु हुनेछ । हरिहरले सञ्चालन गरेको नयाँ शो र एक भजन गीतको भिडियोको निर्देशन नीताले गरेकी हुन् ।
प्रतिक्रिया 4