+

टेनिस त्याग्न तयार छु तर कोभिड खोप लगाउँदिन : नोभाक जोकोभिक

२०७८ फागुन  ३ गते १२:४७ २०७८ फागुन ३ गते १२:४७
टेनिस त्याग्न तयार छु तर कोभिड खोप लगाउँदिन : नोभाक जोकोभिक

३ फागुन, काठमाडौं । स्टार टेनिस खेलाडी नोभाक जोकोभिकले कोभिडविरुद्धको खोप नलगाउने बताएका छन् । खोप लगाउन बाध्य पारिए आफूले आगामी दिनमा हुने टेनिस प्रतियोगिता त्याग्न तयार रहेको पनि उनको भनाइ थियो ।

बीबीसीसँग कुरा गर्दै जोकोभिकले आफूलाई कोभिड खोप लगाउन बाध्‍य पारिए भावी टेनिस प्रतियोगिता त्याग्न तयार रहेको बताएका हुन् । ‘हो, म त्‍यो मूल्य चुकाउन तयार छु’, खोपसम्बन्धी अडानका कारण विम्बल्डन र फ्रेन्च ओपनजस्ता प्रतियोगिता त्याग्न तयार हुनुहुन्छ भन्ने प्रश्नको उत्तर दिँदै उनले भने ।

अन्तर्वार्ताका क्रममा आफू खोप विरोधी नभएको पनि जोकोभिकले प्रस्ट पारेका छन् । ‘मैले खोप लगाउने कुराको कहिल्यै विरोध गर्दिनँ’, उनले भने, ‘तर तपाईले आफ्नो शरीरमा के लगाउने भनेर छान्ने स्वतन्त्रताको सँधै समर्थन गर्दै आएको छु ।’

जोकोभिकले निश्चित टेनिस प्रतियोगितामा सहभागी हुन अनिवार्य खोप लगाएको हुनुपर्ने नियम परिवर्तन हुने र अझै केही वर्ष खेल्ने आशा समेत गरेका छन् ।

बीस पटक ग्राण्ड स्लाम जितेका जोकोभिकलाई गत महिना अष्ट्रेलियाबाट स्वदेश फर्काइएको थियो । कोभिड खोप नलगाएका कारण भिसा रद्द गरी स्वदेश फर्काइएपछि उनी अष्ट्रेलियन ओपनमा सहभागी हुन पाएका थिएनन् ।

कोभिड खोप टेनिस नोभाक जोकोभिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय