+
+

करिब २२ किलो चाँदीसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १४:१७

३ फागुन, दैलेख । ढुङगेश्वर गाउँपालिका-१ स्याउली बजारबाट करिब २१ किलो ७२५ ग्राम चाँदीबाट बनेका विभिन्न किसिमका गरगहनासहित दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली घर भई दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ बस्ने डम्बरप्रसाद ढुंगाना र कैलाली टिकापुर नगरपालिका-९ घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ एरिचोक बस्ने २६ वर्षीय दिपक पाण्डे छन् ।

प्रहरीका अनुसार सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे१च ३२१३ नम्बरको बलेरो गाडीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गरगहना फेला पारी गाडीमा सवार डम्बर र गाडीका चालक दिपकलाई पक्राउ गरिएको हो ।

साथै उनीहरूको साथबाट १ लाख ६३ हजार ४ ८९ मूल्य बराबरका पोते, पत्थर र गहना राख्न प्रयोग हुने डिब्बालगायत सामानहरूसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?