
३ फागुन, काठमाडौं । बलिउड अभिनेता आमिर खानको बहुप्रतिक्षित चलचित्र ‘लाल सिंह चड्डा’ १४ अप्रिल अर्थात् वैशाख १ गते रिलिज नहुने भएको छ ।
निर्माण कम्पनी आमिर खान प्रोडक्सनले मंगलबार विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शन मिति पछि सारिएको जनाएको छ । ‘लाल सिंह चड्डा अब ११ अगस्टमा रिलिज हुने भएको छ । चलचित्रलाई पोस्टपोन्ड गर्नुको कारण हालसम्म पनि चलचित्र पूर्ण रुपमा तयार नभइसकेको उल्लेख गरिएको छ ।
आमिर खान, करिना कपुर, नागा चैतन्य लगायतको मुख्य भूमिका रहेको ‘लाल सिंह चड्डा’लाई अद्वेत चन्दनले निर्देशन गरेका छन् । यो चलचित्र ओस्कार विजेता हलिउड चलचित्र ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो ।
‘लाल सिंह चड्डा’मा भारतको पाँच दशकभन्दा बढीको इतिहासलाई देखाउने प्रयास गरिएको छ । देशमा घटेका विभिन्न राजनीतिक, सैनिक र भौगोलिक घटनाको पृष्ठभूमिमा आधारित कथामा एक सैनिकको अदम्य साहस र जीवनप्रति उसको अनुरागलाई चलचित्रमा देखाइएको छ ।
प्रतिक्रिया 4