+
+

धनुषामा वडा अध्यक्षको मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १८:१७

३ फागुन, जनकपुरधाम। धनुषाका वडा अध्यक्षको मोटरसाइकल चोरी गरेको आरोपमा एकजना नाबालक पक्राउ परेका छन् ।

विदेह नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बिनोद गोइतमानले चढ्ने प्रदेश २–०२-००१ब-००३१ नम्बरको सरकारी मोटरसाइकल १ फागुनको राति उनको घरबाटै चोरी भएको थियो ।

शहीदनगर नगरपालिका-३ यदुकोहास्थित भट्टी चोकबाट चोरी भएको उक्त मोटरसाइकलसहित सिरहाको मिर्चेया नगरपालिका-५ बस्ने एकजना नाबालकलाई पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता एवम डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

ती नाबालकलाई इलाका प्रहरी कार्यालय खजुरीको नियन्त्रणमा राखी चोरी सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?