+
+

उर्फी जावेदले जिन्स च्यातेर बनाइन् यस्तो ड्रेस

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १८:४०

३ फागुन, काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री उर्फी जावेद आफ्नो विभिन्न गतिविधिका कारण चर्चामा आइरहन्छिन् । उनी एकपटक फेरि आफ्नो पहिरन शैलीका कारण चर्चामा छिन् ।

हालै उर्फीले जिन्स च्यातेर यस्तो पहिरन बनाएकी छन्, त्यसलाई देखेर मानिसहरु अचम्भित भएका छन् । उनले लगाएको नयाँ पहिरन न त पाइन्ट हो, न त टप्स नै । उनले लगाएको यस्तो अनौठो ड्रेस अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा सेयर भएको भिडियोमा जिन्स च्यातेर आफूले बनाएको नयाँ ड्रेस लगाएर उर्फी सडकमा देखिन्छिन् । मानिसहरुले ठम्याउन सक्दैनन् कि उनले के लगाएर आएकी हुन् । उनले जिन्सलाई पूरै च्यातेर एक अजीब ड्रेस तयार पारेको देखिन्छ । उर्फीले ट्युब पाइन्ट पहिरिएकी छन् भने यसका साथमा शर्टस् स्टाइलमा पाइन्ट लगाएकी छन् ।

यसअघि पनि उनले भ्यालन्टाइन डेमा ब्रा लेस भएर शर्टको बटन खोलेको तस्वीर सेयर गरेकी थिइन् । उनको यो शैली पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?