+
+

दाङका सडक र बजार क्षेत्र सुनसान, दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १०:३०
दाङको बजार क्षेत्रमा बन्दकर्ता र प्रहरी ।

४ फागुन, दाङ । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको बन्दका कारण सर्वसाधारणले सास्ती पाएका छन् ।

पूर्वपश्चिम राजमार्गसहित दाङका प्रमुख बजार क्षेत्रका सडकमा यातायातका साधन फाट्टफुट्ट मात्रै चलेका छन् । बन्दले रोकिएका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पठाइरहेको छ । शिक्षण संस्था, कलकारखाना र उद्योगधन्दा बन्द छन् ।

दाङका मुख्य बजारहरू घोराही, तुलसीपुर, लमही, भालुबाङ, सिसहनियाँ, गढवा क्षेत्र सुनसान छन् । बन्दमा अप्रिय घटना हुन नदिन बजारका चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
सदरमुकाम घोराही बजारमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु राष्ट्रिय झण्डा लिएर सडकमा उभिएका छन् ।

बन्द गराउँदै हिंडेको आरोपमा प्रहरीले विप्लव निकट अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष मनोज थापा र थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई भालुवाङबाट नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?