
४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले राष्ट्रिय सहमतिविना एमसीसी अगाडि नबढ्ने बताएकी छन् । जबरजस्ती एमसीसी अघि बढाउन खोजे ‘दुर्घटना’ हुने उनको भनाइ छ ।
संसद बैठक अघि सामाजिक सन्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री शर्माले भनेकी छन्, ‘विना संशोधन र परिमार्जन, राष्ट्रिय सहमति नगरी संसद अवरुद्ध भएको अवस्थामा एमसीसी अगाडि बढ्दैन । जबर्जस्ती गर्ने हो भने दुर्घटना हुन सक्छ ।’
जबरजस्ती गरे आन्दोलनमा जानुभन्दा अर्को विकल्प नहुने उनले उल्लेख गरेकी छन् ।
नेकपा माओवादी केन्द्रको आज बिहान बसेको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4