
४ फागुन, काठमाडौं । काठमाडौंबाट संयुक्त अरब इमिरेट्स जाने यात्रुले अब विमानस्थल भित्र कोरोना परीक्षण गर्नुपर्ने नियम हटेको छ ।
सो मुलुकले १ फागुनबाट लागू हुने गरी यस्तो नियम ल्याएको भन्दै अब ६ घण्टाभित्र विमानस्थलमा पीसीआर गर्नुपर्ने बाध्यता हटेको नेपाल वायुसेवा निगमले जानकारी गराएको छ । तर ४८ घण्टा भित्रको पीसीआर रिर्पोट भने अहिले पनि अनिवार्य छ । सोहीकारण यात्रा अगाडि सो रिर्पोट भने यात्रुले बोक्नु पर्नेछ । यसअघि ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै यूएईले नेपाली यात्रुमाथि कडाइ गरेको थियो ।
पछिल्लो समय धेरै नागरिकले खोपको मात्रा पूरा गरेका कारण समेत मुलुकहरुले नेपालमाथिको कडाइ खुकुलो पार्दै गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4