+
+

४ थान मूर्तिसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १९:२७

४ फागुन, काठमाडौं । प्रहरीले चार थान ढलौटको मूर्तिसहित दुईजनालाई काठमाडौंको डल्लु पुल नजिकबाट बुधबार बिहान ३ बजे पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका-५ सिन्धुपाल्चोकका १८ वर्षीय सुदीप नेपाली र गोँसाइकुण्ड नगरपालिका-५ रसुवाका १८ वर्षकै रमेश बागदास छन् ।

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरूको साथबाट तीन थान गणेशको मूर्ति र एक थान गौतम बुद्धको मूर्ति बरामद गरिएको छ ।

साथै, जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?