+
+

अन्तरीक्षमा जाने टिकटको बुकिङ खुला

भर्जिन ग्यालाक्टिक कम्पनीले अन्तरीक्ष पर्यटकका लागि टिकटको बुकिङ पुनः खुला गरेको छ । पहिलो चरणमा हालसम्म ६ सय वटा टिकट बिक्री गरिसकेको कम्पनीले प्रति टिकट साढे ४ लाख डलर पर्ने थप टिकको बुकिङ खुलाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १४:५६

५ फागुन, काठमाडौं । भर्जिन ग्यालाक्टिक कम्पनीले अन्तरीक्ष पर्यटकका लागि टिकटको बुकिङ पुनः खुला गरेको छ ।

पहिलो चरणमा हालसम्म ६ सय वटा टिकट बिक्री गरिसकेको कम्पनीले प्रति टिकट साढे ४ लाख डलर पर्ने थप टिकको बुकिङ खुलाएको हो । उक्त टिकटमार्फत् रकेटमा चढेर ९० मिनेटको अन्तरीक्ष यात्राको मज्जा लिन सकिनेछ । कम्पनीले फेब्रअरी १६ देखि दोश्रो चरणको टिकट बुकिङ खुलाएको हो ।

पहिलो चरणमा विक्री गरिएका टिकटको मूल्य २ देखि अढाई लाख डलरसम्म थियो ।

दोश्रो चरणको टिकट बुकिङका लागि तत्काल डेढ लाख डलर तिर्नुपर्नेछ भने बाँकी ३ लाख उडानको अगाडि भुक्तान गर्नुपर्नेछ ।

व्यवसायिक अन्तरीक्ष उडान सुरु गर्नु अगाडि १ हजारवटा टिकट बिक्री गर्ने कम्पनीको योजना रहेको सिइओ माइकल कोल्गलेजिएरको भनाई छ ।

गत जुलाईमा कम्पनीका संस्थापक सर रिचार्ड ब्रान्सन सहितको टोलीलाई अन्तरीक्षमा पठाएर भर्जिन ग्यालाक्टिक कम्पनीले व्यवसायिक अन्तरीक्ष पर्यटनको क्षेत्रमा हात हालेको थियो ।

तर उक्त उडानका क्रममा ककपिटमा चेतावनी बत्ती निभेको र स्पेस प्लेन यसको पूर्वनिर्धारित क्षेत्रभन्दा बाहिर ४१ सेकेण्डसम्म उडेको भन्ने रिपोट सार्वजनिक भएसँगै त्यसले तरङ्ग उत्पन्न गरेको थियो ।

उक्त घटना सार्वजनिक भएसँगै अमेरिकाको संघीय उड्ययन प्रशासनले कम्पनीका सबै उडान ग्राउन्डेड गर्दै अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धान पश्चात् गत सेप्टेम्बरमा उड्डयन प्रशासनले भर्जिन ग्यालाक्टिकलाई क्लिन चिट दिएको थियो ।

तत्पश्चात् कम्पनीले एक घोषणा गर्दै प्राविधिक सुधारका लागि कम्पनीको व्यवसायिक उडान सेवा सुरुवातमा केही ढिलाई गरिएको बताएको थियो । अब आगामी अक्टोबरदेखि कम्पनीको व्यवसायिक अन्तरीक्ष उडान सुरु हुने अपेक्षा गरिएको छ ।

सन् २०१९ मा भर्जिन ग्यालाक्टिक सार्वजनिक कम्पनीको रुपमा आउँदा सन् २०२० सम्ममा व्यवसायिक सेवा सुरु गर्ने बताएको थियो । भर्जिन ग्यालाक्टिक कम्पनीको स्थापना चाहिं सन् २००४ मै भएको हो ।

टिकट बुकिङ पुनः सुरु भएको समाचार सार्वजनिक भएसँगै मंगलबार भर्जिन ग्यालाक्टिक कम्पनीको शेयर मूल्यमा ३० प्रतिशतले वृद्धि भएको थियो । कम्पनीले आफ्नो लोगोसमेत परिवर्तन गरेको छ ।

अन्तरीक्ष पर्यटनको क्षेत्रमा भर्जिन ग्यालाक्टिक कम्पनीको प्रतिस्पर्धीको रुपमा देखिएको जेफ बेजोसको कम्पनी ब्लू ओरिजनले चाहिं हालसम्म सेलिब्रेटी र स:शुल्क यात्रीका लागिसमेत गरी तीनवटा सफल अन्तरीक्ष उडान गराइसकेको छ । यद्यपि, ब्लु ओरिजिनले आफ्नो रकेटको टिकटको न्यूनतम मूल्य भने खुलाएको छैन । सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?