 
																						५ फागुन, काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले एलसीका लागि राखेको धरौटी रकमको व्याज दिने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।
नाडाका अध्यक्ष ध्रुव थापाले विज्ञप्ति जारी गर्दै वित्तीय निकायहरुले बढाएको कर्जाको व्याज समेत घटाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोबाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिँदा सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुने भन्दै नाडाले राष्ट्र बैंकसँग यस्तो आग्रह गरेको हो ।
यस्तो व्यवस्थाले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढन गई उपभोक्ताहरुलाई समेत असर पर्ने भएकोले पूर्वव्यवस्था अनुसारकै न्यूनतम मार्जिनको व्यवस्था कायम गर्न पनि नेपाल राष्ट्रबैंकसँग नाडाले अनुरोध गरेको छ ।
तत्काल परिमार्जन गर्न सम्भव नभए व्यवसायीहरुले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंक तथा वित्तीय संस्थाहरुले व्याज प्रदान गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकबाट निर्देशन जारी गर्न नाडाले माग राखेको छ ।
वित्तीय निकायहरुले व्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढ्दै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्र ठूलो मार पर्ने नाडाको भनाइ छ ।
नाडाका अध्यक्ष ध्रुव थापाले जारी गरेको विज्ञप्तिमा उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको बर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई वर्तमान तरलता समस्याको समाधान नहुने उल्लेख छ ।
नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने भएकोले कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचारका लागि नेपाल राष्ट्र बैंकसँग नाडाले अनुरोध गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4