+
+

पानीको फोहोरा हान्ने गाडी संसद भवन परिसरभित्र

६ फागुन, काठमाडौं । प्रदर्शनकारीमाथि पानीको फोहोरा फाल्ने गाडी संसद भवन परिसरभित्र राखिएको छ । नेपाल प्रहरीको उक्त गाडी संसद भवनको पार्क क्षेत्रमा राखिएको हो । बुधबारको दिन एमसीसीको विरोधमा संसद भवन अगाडिको सडकमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो । प्रदर्शन आज पनि हुन सक्ने अनुमानमा संसद भवन परिसर वरपर प्रहरीको तैनाथी बढाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते ११:१७

६ फागुन, काठमाडौं । प्रदर्शनकारीमाथि पानीको फोहोरा फाल्ने गाडी संसद भवन परिसरभित्र राखिएको छ । नेपाल प्रहरीको उक्त गाडी संसद भवनको पार्क क्षेत्रमा राखिएको हो ।

संसद सचिवालयका कर्मचारीहरु आज बिहान कार्यालय जाँदा उक्त गाडी भवनभित्रै थियो । अहिले भने सो गाडीलाई प्रहरीले संसद भवन परिसरबाट बाहिर निकालेको छ ।

बुधबारको दिन एमसीसीको विरोधमा संसद भवन अगाडिको सडकमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो ।

प्रदर्शन आज पनि हुन सक्ने अनुमानमा संसद भवन परिसर वरपर प्रहरीको तैनाथी बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?