+
+

आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण हुन्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १७:०५

६ फागुन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार काठाडौंको नयाँ बानेश्वरमा सञ्चालनमा आएको जीवनदाता बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले आर्थिक विकासका लागि सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

अर्थमन्त्री शर्माले व्यक्तिगत स्वार्थ त्यागेर सदस्यहरुको हित हुने गरी वित्तीय सेवा प्रवाहमा सहकारीले ध्यान दिनु पर्ने बताए । तीन खम्बे अर्थनीति मध्येको एक खम्बा सहकारी क्षेत्र रहेको छ । यसले पारदर्शी तरिकाले वित्तीय सेवा प्रदान गरी अर्थतन्त्रलाई टेवा पुर्‍याउनु पर्ने उनको भनाइ छ ।

काठमाडौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र बनाई शुक्रबारदेखि जीवनदाता बहुउद्देश्य सहकारीले सेवा सुरु गरेको हो । सेवा सुरु गर्न संस्थाले बागमती प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी संस्थाबाट अनुमति पाएको छ ।

२ करोड रुपैयाँ चुक्ता पूँजीबाट सञ्चालन अनुमति पाएको यस संस्थाले सुरुवातमै ५ करोड पूँजी पुर्याइसकेको बताएको छ । संस्थाले निष्क्रिय रुपमा छरिएर रहेको पूँजी, श्रम र सीपलाई एकत्रित गरी उत्पादनशील, आयमुलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी प्रवद्र्धन गर्दै उच्च गुणस्तरीय तथा विश्वसनिय वित्तीय सेवा प्रदान गर्ने संस्थाका सचिव कुमार सिग्देलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?