+
+

एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा : पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १२:४०

७ फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा शनिबार बिहान सम्बोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन् । ‘अनुदानले विवाद र अप्ठेरोमा नेपाली राजनीतिलाई पुर्‍याएको छ,’ उनले भनेका छन् ।

यसअघि नेपालका राजनीतिक दलहरु मिलेर धेरै समस्या समाधान गरेको भन्दै उनले यसपटक पनि समाधान गर्ने विश्वास उनले गरे ।

जनताले अपेक्षा गरे अनुसारको अवस्थामा परिवर्तन अझै आउन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सबै राजनीतिक दलले आर्थिक र सामाजिक पक्ष सुधारमा जोड दिनुपर्ने धारणा पनि राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?