+
+

मानिसहरु नजिकै समुद्रमा खस्यो हेलिकप्टर (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ८:२१

८ फागुन, काठमाडौं । एटलान्टिक महासागरको मियामी समुद्री किनारमा मानिसहरुले नुहाइरहेको स्थान नजिकै एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

स्थानीय प्रहरीले सार्वजनिक गरेको भिडियोमा मानिसहरुभन्दा केही मिटर पर मात्रै हेलिकप्टर खसेको देखिन्छ ।

यो दुर्घटनामा तीन जना घाइते भएको समाचार एजेन्सीले जनाएका छन् ।

मियामी बीच प्रहरीले गरेको ट्वीट अनुसार दुर्घटना शनिबार दिउँसो करिब १ः१० मा भएको थियो । भिडियोमा एक ४४ हेलिकप्टर अनियन्त्रित हुँदै पानीमा खसेको देखिन्छ ।

मियामी बीचको दमकल विभागका प्रवक्ताले एनबीसी न्यूजलाई बताएअनुसार हेलिकप्टरमा चालकसहित तीन जना सवार थिए । उनीहरु तीनैजना घाइते भएका छन् र उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?