+
+
Shares

बेत्रावतीमा पुरिएको घरबाट उद्धार भएकी महिलालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

जीवितै उद्धार भएकी ती महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको सशस्त्रका प्रवक्ता नेत्रबहादुर कार्कीले जनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट चण्डिका श्रेष्ठको उद्धार गरेर थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
  • नेपाली सेनाले अपर त्रिशूली–१ बाट एक चिनियाँ नागरिक र त्रिशूली–३ ए को सुरुङबाट दुई जनाको उद्धार गरेको छ ।
  • बाढीले रसुवा गढीदेखि धादिङको गलौंदीसम्मका घरमा क्षति पुर्‍याएको र भित्र मानिस च्यापिएका हुनसक्ने देखिएको छ ।

२० भदौ, काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट उद्धार भएकी महिलालाई काठमाडौं ल्याइँदैछ ।

सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार, बिदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिकाको उद्धार गरिएको हो ।

उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको सशस्त्रका प्रवक्ता कार्कीले जनाए ।

यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

त्यस्तै, हिजो त्रिशूली–३ ए को सुरुङबाट पनि २ जनाको उद्धार गरिएको थियो ।

सुरुङमा मात्र मानिसहरू फसिरहेको कुरा आइरहेका बेला शनिबार बाढीले बगाएका घरका संरचनाहरूभित्र पनि मानिस फसेको हुनसक्ने तथ्य बाहिर आएको छ ।

आज बाढीले क्षति पुर्‍याएको घरबाट चण्डिका श्रेष्ठको जिवित उद्धार भएपछि अन्यत्र पनि यस्तो हुनसक्ने देखिएको छ ।

बाढीका कारण रसुवा गढीदेखि धादिङको गलौंदी सम्मका घरहरूमा क्षति पुगेको छ । धेरै बस्तीका घरहरू पुरिएका छन् कति घरहरू बाढीले पल्टाएको छ ।

यस्ता घरहरूमा पनि मानिसहरू च्यापिएका हुनसक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?