+
+
Shares

बेत्रावतीको एकै घरबाट निकालियो २४ शव

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरभित्रबाट २४ वटा शव निकालिएको छ ।
  • जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ ।
  • १० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण मानिस मृत फेला परेका हुन् ।

१६ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो ।

‘हाम्रो क्षमताले भ्याएसम्म खोजेर २४ शव निकालेका छौं । अरू ठाउँमा अझै खोज्न बाँकी छ,’ एसपी रेग्मीले अनलाइनखबरसँग भने ।

निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको उनले बताए । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।

मुचुल्काकाको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने उनले बताए ।

१० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?