+
+
Shares

हाइड्रोपावरमा फसेकाको उद्धार गर्न हेलिकप्टरको अनुमति दिन माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १६:३१

१४ भदौ, काठमाडौं । इन्जिनियरिङ तथा प्राविधिक पेशागत संस्थाहरूले बाढीबाट प्रभावित भएकाहरूको खोज, उद्धार तथा राहत कार्यमा सहकार्य गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारलाई अपिल गर्दै संस्थाहरूले चार बुँदे माग राखेका छन् । निजी क्षेत्रलाई हेलिकप्टर सेवा उपलब्ध गराउने प्रक्रिया सहजीकरण गर्न उनीहरूको माग छ ।

‘विपद् प्रभावित दुर्गम क्षेत्र तथा जलविद्युत् आयोजना स्थलमा खोज, उद्धार र अत्यावश्यक राहत पुर्याउन निजी क्षेत्रका जलविद्युत् आयोजना प्रवर्धकहरूलाई हेलिकप्टर सेवा प्रयोग गर्न आवश्यक अनुमति, समन्वय र प्रशासनिक प्रक्रिया शीघ्र तथा सहज बनाइदिन अनुरोध गर्दछौँ,’ अपिलमा भनिएको छ ।

उद्धार उडानमा प्राविधिक जनशक्तिको सहभागिता गराउन र उद्धार योजना तयार गर्न प्राविधिक सहयोग पनि संस्थाहरूले जनाएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल हाइड्रोपावर एसोसिएसन, नेपाल टनेलिङ एसोसिएसन, इन्डिपेन्डेन्ट पावर प्रोड्युसर्स एसोसिएसन, नेपाल सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स, नेपाल लघु जलविद्युत विकास संस्था तथा बिटिआई ट्रेड्समेन एसोसिएसन लगायतले सरकासँग माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?