+
+

दाङमा शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ९:०८

८, फागुन दाङ । दाङको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमहीको सडक छेउ नकिजै प्रेसर कुकरमा तारले जेलिएको शंकास्पद वस्तु फेला परेको छ ।

लमही नगरपालिका वडा नम्बर-७ स्थित पदमिनी खोलाको २०० मिटरको दक्षिणतर्फ सडक छेउमा तार जोडेर राखिएको शंकास्पद प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु शनिबार राति ११ बजे सडक छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिए ।

शंकास्पद वस्तु  बम हुनसक्ने भन्दै नेपाली सेना निष्क्रय पार्न घटनास्थल पुगेको प्रहरी उपरीक्षक काफ्लेले बताए । ‘नेपाली सेनाका बम डिस्पोजल टोली पुगि डिस्पोज गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

अहिले सेनाले निष्क्रिय पार्ने काम गरिरहेको छ । पूर्वपश्चिम राजमार्ग  एकतर्फी खुला गरेर सवारी सञ्चालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?