+
+

म्युजिक भिडियोमा प्रियनाको व्यस्तता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ११:२०
कलाकार प्रियना आचार्य । फाइल तस्वीर

८ फागुन, काठमाडौं । पछिल्लो समय कलाकार प्रियना आचार्यको म्युजिक भिडियोमा व्यस्तता ह्वात्तै बढेको छ ।

हुन त, प्रियनालाई केही चलचित्रबाट अफर नआएको पनि होइन । तर सहायक नायिकाको रुपमा अफर आएपछि उनले केही चलचित्र छाडिन् । ती चलचित्र छाडेकोमा भने अहिले केही पछुतो लागेको उनी बताउँछिन् ।

हास्य सिरियलमा ‘मुन्नी’ उपनामले परिचित बनेपछि उनी दर्शकमाझ हिट भइन् । यसपछि उनको यात्रा भिडियोतर्फ बढेको हो । दर्जनौं भिडियोमा काम गर्दा पनि उनलाई दर्शकले मुन्नी नै भनेर चिन्ने गरेका छन् । प्रियना भने अब आफ्नो लक्ष्य चलचित्रमा काम गर्नु रहेको बताउँछिन् ।

प्रियना राम्रो काम गरेको खण्डमा दर्शकले माया गर्नेमा ढुक्क छिन् । उनी भन्छिन्, ‘मलाई नकारात्मक गसिपमा रमाउन खासै मन लाग्दैन । मिडियामा व्यक्तिगत कुराहरु नआओेस् भन्ने लाग्छ । जब मैले आफूलाई बुझ्न थालें, त्यसपछि नै कलाकारितामा झुकाव बढेको हो । अब यो क्षेत्रबाट टाढा जान सक्दिनँ ।’

प्रियनालाई म्युजिक भिडियोमा आफूलाई मेकरले विश्वास गरेकोमा खुसी लाग्छ । राम्रो गीतमा काम गर्न पाउँदा आफू उत्साहित हुने उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?