
८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सचेतक रेखा शर्माले कार्यव्यवस्था परामर्श समितिमा एमसीसी टेबल गर्न हुन्न भन्ने अडान राख्ने बताएकी छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत सहभागी शीर्ष नेताहरुको बैठकले एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्ने सहमति गरेको छ । तर माओवादी नेताहरुले भने त्यसबारे अनविज्ञता प्रकट गर्छन् ।
संसदको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी हुने संसद भवनमा पुगेकी माओवादी सांसद शर्माले भनिन्, ‘एमसीसी कुनै हालतमा टेबल गर्न हुन्न भन्ने हाम्रो पार्टीको अडान हो, म त्यही कुरा राख्छु ।’
एमसीसी टेबल गर्ने सहमतिबारे आफूहरुलाई नेताहरुले केही नभनेको र आफू कन्भिन्स पनि नरहेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4