+
+

रुस समर्थित पृथकतावादीको गोलाबारीमा परी दुईजना युक्रेनी सैनिक मारिए

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १२:२४

८ फागुन, काठमाडौं । पूर्वीयुक्रेनमा रुस समर्थित पृथकतावादीले गरेको गोलाबारीमा परी दुईजना सैनिक मारिएका छन् ।

पृथकतावादीले शनिबार गरेको गोलाबारीमा परी दुई जना सैनिक मारिएको र चार जना घाइते भएको युक्रेनको सेनाले बताएको हो ।

रोइटर्स समाचार माध्यम अनुसार युक्रेनको सेनाले आफ्नो फेसबुक पेजमा एक पोष्ट गर्दै उक्त जानकारी दिएको हो ।

शनिबार ७० पटक युद्ध विराम उल्लंघन गरेको पनि युक्रेनी सेनाको भनाइ छ । युक्रेनमा सन् २०१४ यता सरकारी सेना र रुस समर्थित पृथकतावादीबीचको लडाइँमा परी हालसम्म झण्डै १४ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

यसैबीच, रुसले युक्रेनी फौजमाथि पृथकतावादीलाई लक्षित गरी कम्तिमा दुई पटक गोलाबारी गरेको आरोप लगाएको छ । तर युक्रेनका विदेश मन्त्री डिमित्रो कुबेलाले उक्त आरोपलाई ‘झूठ’ भन्दै अस्वीकार गरेको द एसोसियएटेड प्रेसले जनाएको छ ।

पूर्वी युरोपमा तनाव चर्किन थालेपछि पृथकतावादी नेताहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रबाट महिला र बालबालिका गरी ७ लाख मानिसलाई सुरक्षित स्थानमा जान भनेको द न्यू योर्क टाइम्सले जनाएको छ । एलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?