+
+
Shares

युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता

रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ भने प्रधानमन्त्री एन्डी बर्नह्यामले आवश्यक पर्दा बेलायत सधैँ साथमा रहने बताएका छन्।
  • रूसी दूतावासले बेलायतमाथि युक्रेन सङ्कट चर्काएको आरोप लगाउँदै द्वन्द्वमा संलग्नता जारी राखे ‘उच्च मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएको छ।
  • युक्रेनले मस्कोसहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाउँदै तेल प्रशोधन केन्द्र र वाइल्डबेरीजसँग सम्बन्धित गोदामलाई निशाना बनाएको छ।

३ भदौ, लन्डन (रासस/क्युएनए)। रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ।

बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताएका छन्।

युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि समर्थन जारी राख्ने बताए।

यसैबीच, लन्डनस्थित रूसी दूतावासले बेलायतले जानाजानी युक्रेन सङ्कटलाई थप चर्काउने नीति अपनाएको आरोप लगाएको छ। बेलायतले द्वन्द्वमा आफ्नो सङ्लग्नता जारी राखे त्यसको ‘उच्च मूल्य’ चुकाउनुपर्ने चेतावनी दिँदै दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ।

युक्रेनले पछिल्लो समय मस्कोसहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ। युक्रेनले रूसी तेल प्रशोधन केन्द्र तथा रूसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजसँग सम्बन्धित गोदामलाई समेत निशाना बनाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?