
८ फागुन, काठमाडौं । परराष्ट्र मन्त्रालयले विकास सहायता नेपाल र नेपालीको हितमा छ वा छैन भन्ने स्वतन्त्र निर्णय लिन सक्ने बताएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे सार्वजनिक रुपमा उठेका प्रश्नको जवाफ दिन भन्दै परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौम संसद आफैंले कुन विकास सहायता आवश्यक र नेपाल र नेपालीको हितमा छ भन्ने निर्णय गर्छ ।’
नेपालले आफ्नो राष्ट्रिय आवश्यकताका आधारमा विकास सहायताहरु स्वीकार र उपयोग गर्दै आइरहेको भन्दै परराष्ट्र मन्त्रालयले विकास सहायताले नेपालको भौतिक पूर्वाधार निर्माण र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेको छ ।
पछिल्लो समय एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद छ । सम्झौता अनुमोदनका विषयमा अमेरिका र चीनको स्वार्थमा नेपाल परेको टिप्पणी भइरहेका बेला परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको हो ।
मन्त्रालयले नेपालसँग निरन्तर सहयोग र साझेदारी गर्ने विकास साझेदारहरुलाई धन्यवाद पनि दिएको छ ।
प्रतिक्रिया 4