+
+

एनआईसी एशिया बैंकद्वारा घातक रोग बापतको १० लाख बीमा रकम हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १३:१२

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोग बीमा दाबी भुक्तानी बापतको १० लाख रुपैयाँ एकजना खातावालालाई हस्तान्तरण गरेको छ ।

‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अनुसार काठमाडौंस्थित भिमसेनगोलाका ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमा बापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । पन्तले काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलेका थिए ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक पन्तलाई हस्तान्तरण गरेका थिए ।

पन्तलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकको बीमा सहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७ सय जनाभन्दा बढी ग्राहकहरूले बीमा बापत ४ करोड ३० लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?