+
+

आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस-४’मा चार डिजाइनरले जिते उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १३:४४

९ फागुन, काठमाडौं । डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्‍याम्प शो ‘ड्रेस टु इम्प्रेस’मा चार जनाले उपाधि जितेका छन् । शनिबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस’को चौथो संस्करणमा विभिन्न चार विधामा उपाधि प्रदान गरिएको हो ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आईआईएफटी)ले आयोजना गरेको डिजाइनर कन्टेस्टमा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम, बबिता पाण्डेले हिस्टोरिकल क्वीन र अमृता गिरिले माउन्टेनियरिङतर्फ उपाधि जित्न सफल भएका हुन् ।

चारैजना विजेताले आईआईएफटीको तर्फबाट १५ हजार रुपैयाँ नगद प्राप्त गरे भने यूएफओको तर्फबाट १० हजार बराबरको सपिङ भौचर र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र ननिताज फिटनेस क्लबको तर्फबाट ३५ हजार बराबरको प्याकेज प्राप्त गरेका छन् ।

चौथो संस्करणमा आईआईएफटीमा फेसनमा डिप्लोमा कोर्ष पूरा गरेका १४३ जना डिजाइनरहरुले सहभागिता जनाएका थिए ।

‘ड्रेस टु इम्प्रेस’ सिजन चारका लागि हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन डिजाइनर निभा श्रेष्ठ, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, फेसन डिजाइनर युबी थापा, बुटिक एसोसिएसनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ र महेश महर्जन निर्णायक थिए ।

काठमाडौंको बागबजार र ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले आफ्नो कलेजका विद्यार्थीहरुका लागि चार वर्षअघि ‘ड्रेस टु इम्प्रेस’ सुरु गरेको आईआईएफटीका प्रबन्ध निर्देशक भुपु तेन्जिङ शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?