+
+

कांग्रेस नेता पौडेलले सत्ता साझेदार दलका शीर्ष नेता भेट्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १३:४६

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलका प्रमुखहरुलाई भेट्दैछन् ।

नेता पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छुट्टाछुट्टै भेट गर्न लागेका उनी निकट एक नेताले बताए ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन र सत्ता गठबन्धन जोगाउनेबारे प्रचण्ड, नेपाल र यादवसँग छलफल गर्न लागेका हुन् ।

एमसीसी संसदमा पेश गर्न तयार भएका यी तीनै नेताले विपक्षमा मतदान गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?