
फाइल तस्वीर
९ फागुन, काठमाडौं । नेपाली सेनाले आगामी हिमाल आरोहणको सिजनमा ‘सफा हिमाल अभियान’ चलाउने भएको छ । सो क्रममा सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा यस्तो अभियान चलाउन लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सगरमाथा तथा ल्होत्सेका लागि ११ जना, कञ्चनजङ्घाका लागि ९ र मनास्लु हिमालका लागि ९ जना गरी जम्मा २९ जना सैनिकहरु हिमाल आरोहणमा खटिने भएका छन् ।
पर्यटन मन्त्रालयले यस्तो आरोहणमा लाग्ने रोयल्टी दस्तुर छुट दिने निर्णय गरेको हो । वसन्त ऋतु नेपालमा हिमाल आरोहणको मूख्य सिजन हो । यसै सिजनमा सेनाले समेत सफा हिमाल अभियान चलाउने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4