+
+

बैतडी टिपर दुर्घटना : मृतकको संख्या ४ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १८:५४

८ फागुन, धनगढी । बैतडीको पाटन नगरपालिका-३ को झालीमालीमा भएको टिपर दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका पाटन नगरपालिका-३ कै १२ वर्षीय राजु पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा पन्तको बाटोमै मृत्यु भएको जानकारी दिए । उनी स्थानीय सिगास विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । योसँगै मृतकको संख्या ४ पुगेको छ ।

दुर्घटनामा यसअघि पाटन नगरपालिका-३ कै ४५ वर्षीय जनकराज पन्त, सिगास माध्यमिक विद्यालयका विद्यार्थी १३ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको घटनास्थलमै मृत्यु भएको थियो ।

काठ ल्याउन जादै गरेको अवस्थामा सोमबार दिउँसो बा ३ ख४८७९ नम्बरको टिपर पाटन नगरपालिका-३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्ड अन्तर्गतको झालीमाली भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

टिपर फर्काउने क्रममा दुर्घटनामा परेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?