
९ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा टिप्पर र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
सैनामैना नगरपालिका–११ इँटाखोलास्थित सडकमा लु २ ख ५७९३ नम्बरको टिप्पर र लु ३६ प ९८९१ नम्बरको स्कुटर सोमबार दिउँसो एकआपसमा ठोक्किँदा स्कुटरमा सवार सैनामैना–११ की ६४ वर्षीया गायत्री आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटर चालकको हिराचन्द्र मेडिकल सालझण्डीमा उपचार भइरहेको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4