+
+

एग्युरोलाई फुटबल हेर्न पनि डर लाग्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १३:२६
तस्वीर : गोल डटकम

१० फागुन,काठमाडौं। म्यानचेस्टर सिटीका पूर्वस्टार सर्जियो एग्युरोले मुटुको उपचारपछि फुटबल खेल्न र हेर्न निकै डर लाग्ने गरेको खुलासा गरेका छन् ।

यही सिजन बार्सिलोना अनुबन्ध भएका एग्युरोलाई चिकित्सकले फुटबल खेल्न नहुने सुझाव दिएपछि सन्यास लिन बाध्य भएका थिए । जुन खबर विश्वभरका समर्थकका लागि निराशाजनक थियो ।

अर्जेन्टिनी स्ट्राइकरले अहिलेको समय आराम गर्नुपर्ने बुझेका छन् । तर, भविश्यमा आफूलाई फुटबलमै कुनै न कुनै भूमिकामा प्रस्तुत गर्नेबारे विचार गरिरहेको बताएका छन् ।

टवाईसी स्पोर्टससँगको कुराकानीमा एग्युरोले भनेका छन्, ‘अहिले म फुटबल खेल्न चाहन्छु । तर म डराउँछु । मैले मेरो पूरा जीवन व्यवसायिक र ठूला प्रतियोगिताको तयारीमा विताएँ । अहिले म फुटबलका समाचार पनि हेर्दिनँ । के भइरहेको छ मतलव राख्दिनँ ।’

‘मैले आफूलाई मनपर्ने अन्य कुराहरुमा केन्द्रित गर्न थालेको छु । जस्तै, साथीहरुसँग समय विताउँछु । खेलमा फर्किनेबारे पनि दिमागले सोच्छ तर, मलाई थाहा त त्यो सम्भव नै छैन,’ एग्युरोले भनेका छन्, ‘साथीहरुले मलाई भाग्यमानी ठान्छन्, किनभने म घातक हृदयघातबाट जोगिएँ । अबको समय आराम गर्ने हो ।’

सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनी टोलीमा आफ्नो भूमिकाबारे एग्युरोले भनेका छन्, ‘मेरो भूमिका के रहने भन्नेबारे अझै छलफलकै क्रममा छ । क्लाउडियो तापिया (अर्जेन्टिनी फुटबल अध्यक्ष)ले मलाई बोलाइरहनुभएको छ ।’

सन् २०२१ को अक्टोबरको अन्त्यतिर छाती दुख्ने समस्या भएपछि परीक्षण गर्दा कार्डियाक एरिथमिया –मुटुको धड्कनमा उतारचडाव) पत्ता लागेको थियो । त्यसयता उनी तीन महिनाका लागि मैदानबाहिर रहने निश्चित भएको थियो ।

त्यतिबेलासम्म कसैले सोचेका थिएनन् कि यी स्टार स्ट्राइकरले सधैंका लागि फुटबल बुट खोल्नुपर्छ । तर, एक महिनापछि नै डिसेम्बर २०२१ मा एग्युरोले चिकित्सकको सुझावका आधारमा भन्दै सन्यासको घोषणा गरे । एजेन्सीको सहयोगमा 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?