+
+

विश्वकप छनोट : यूएईविरुद्ध नेपालले फिल्डिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १५:२९
फाइल तस्वीर

१० फागुन, काठमाडौं । आइसीसी टी-२० विश्वकप छनोटकाे निर्णायक खेलमा नेपालले मंगलबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ ।

नेपाली टोलीमा मंगलबार एक जना खेलाडी परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् ।

विश्वकप छनोट ग्लोबल क्वालिफायर ए अन्तर्गत सेमिफाइनल चरणको यो खेल जितेमा नेपालले २०२२ को अक्टोबर/नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?