
१० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने पक्षमा नरहेको बताएका छन् ।
मंगलबार बिहान नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार गएका थिए । करिब आधा घण्टा भएको भेटमा मुख्यत एमसीसीकै विषयमा छलफल भएको महासचिव वैद्यले जानकारी दिए ।
‘मैले एमसीसीमा के सोच्नुभएको छ ? पास गर्न हुन्न है भनेँ । उहाँले कुनै हालतमा पास गर्दैनौं भन्नुभयो’ भेटबारे महासचिव वैद्यले अनलाइनखबरसँग भने ।
भेटमा महासचिव बैद्यले एमसीसी विरोधी पदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छुटाउने पहलका लागि आग्रह गरेका छन् । साथै राजनीतिक सहकार्यका विषयमा समेत छलफल भएको महासचिव वैद्यले जानकारी दिए ।
प्रचण्डलाई भेट्न वैद्य एक्लै खुमलटार गएका थिए ।
प्रतिक्रिया 4