+
+

चैत तेस्रो साता भृकुटीमण्डपमा ‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १४:१४
तीन वर्षअघि बुटवलस्थित बुटवल मण्डपमा आयोजित प्रतियोगिताको तस्वीर । फाइल तस्वीर

११ फागुन, काठमाडौं । आगामी चैत तेस्रो साता ‘राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता’ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्दै आइरहेको यो प्रतियोगिता यस वर्ष चैत १६ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो ।

हरेक वर्ष आयोजना हुने दोहोरो गीत प्रतियोगिता कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष भने स्थगित भएको थियो । प्रतिष्ठानले सूचना जारी गर्दै इच्छुक प्रतियोगी कलाकार र समूहहरुलाई चैतको पहिलो साताभित्र आ-आफ्नो नाम दर्ता गर्न भनेको छ ।

प्रतियोगितामा प्रथम हुनेले २ लाख २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रत्येक समूहमा दुई पुरुष र दुई महिलासहित उत्कृष्ट भेषभूषालाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगितामा काठमाडौं बाहिरका प्रतियोगीलाई क्वाटर फाइनल प्रवेश गरेपछि आयोजकका तर्फबाट खाने बस्ने व्यवस्था गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?