+
+

भागवत गीताको श्लोक भन्दै आलियाले दिइन् कंगनालाई जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १४:३१

११ फागुन, काठमाडौं । अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ शुक्रबारदेखि प्रदर्शन हुँदैछ । यो चलचित्रका लागि निर्देशक सञ्जय लीला भन्सालीले २०० करोड भारु लगानी गरेका छन् ।

चलचित्रको विषयवस्तुलाई लिएर विरोध पनि भइरहेको छ । विरोधकाबीच अभिनेत्री कंगना रनावतले आलियाको अभिनय र स्टारडममाथि नै प्रश्न उठाएकी थिइन् । कंगनाले शुक्रबार २०० करोड जलेर खरानी हुने उल्लेख गरेकी थिइन् । उनले चलचित्रमा आलियालाई लिनु नै सबैभन्दा ठूलो भूल भएको आरोप समेत लगाएकी थिइन् ।

हालै मात्र कोलकातामा चलचित्रको ‘मेरी जान’ बोलको गीतको सार्वजनिक कार्यक्रममा आलियालाई मिडियाकर्मीले यो विषयमा प्रश्न राखेका थिए । जसमा आलियाले भागवत गीताको एक श्लोक भन्दै जवाफ फर्काएकी छन् । उनले भनेकी छन्, ‘भगवान कृष्णले गीतामा भन्नुभएको थियो कि केही नगर्नु पनि धेरै कुरा गर्नु बराबर हो । म यत्ति मात्र भन्न चाहन्छु ।’

आलियाले आफूले केही नबोलेर नै यसको जवाफ दिएकोतर्फ संकेत गरेकी छन् । सञ्जय लीला भन्साली निर्देशित चलचित्रमा आलियाको साथमा अजय देवगणको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?