+
+

अवैध क्यालेन्डरमाथि कारबाही प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १६:२७

११ फागुन, काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले बजारमा स्वीकृतिबिना बजारमा पठाइएका अवैध क्यालेन्डरमाथि छानबिन सुरु गरेको छ । समितिले बजारमा आएका अवैध क्यालेन्डर जफत गरी कारबाही प्रक्रिया अघि बढाउन गठित अनुगमन समितिले अनुगमनको काम अघि बढाएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

समितिले बजारमा आएका अवैध क्यालेन्डर जफत गरी कारबाही गर्न वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति गठन गरेको थियो । जसमा पञ्चांगकार मुरारीराज पाण्डे र समितिका प्रशासन सहायक खिलहरि घिमिरे सदस्य छन् ।

माघ ६ गते गठित उक्त समितिले आन्तरिक काम गर्दै आएको भएपनि अब बजार अनुगमनसहित कारबाहीको प्रक्रिया अघि बढाएको ढुंगेलले जानकारी दिए । आन्तरिक अध्ययनको क्रममा बजारमा छ्याप्छ्याप्ती अवैध क्यालेण्डर रहेको निष्कर्ष निकालेको समितिले अब तीव्र रुपमा बजार अनुगमन गरी अवैध क्यालेण्डर जफत गर्ने तयारी गरिएको ढुंगेल बताउँछन् ।

पञ्चांग निर्णायक विकास समिति गठन आदेश, २०७७ ले दिएको अधिकार प्रयोग गरी समितिले क्यालेण्डरमाथि कडाइ गर्ने निर्णय गरेको थियो । बजारमा आफूखुसी क्यालेण्डर छापेर बेच्दा सार्वजनिक बिदा र अन्य सूचनामा समेत एकरुपता आउन छाडेपछि यसमा कडाइ गर्न लागिएको हो ।

क्यालेण्डर छाप्नुपूर्व स्वीकृति लिनको लागि समितिले शुल्क तोकेको छ । जसमा मूल्यसूची नराखी आन्तरिक प्रयोजनको लागि छापिएको लागि ५ हजार रुपैयाँ र मूल्य राखेर बजारमा पठाउने क्यालेन्डरको लागि स्वीकृतिबापत १० हजार रुपैयाँ शुल्क तोकिएको ढुंगेलले जानकारी दिए ।

अहिले ४० वटा क्यालेन्डरले स्वीकृतिको लागि समितिमा निवेदन दिएका छन् । उनीहरुले आफ्नो डिजाइन र विवरणसहित समितिमा निवेदन दिएपछि स्वीकृति दिइनेछ । यसले पात्रोको प्रतिलिपि अधिकार संरक्षणमा पनि सहयोग गर्ने समितिको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?