+
+

ह्वावेको एआइएमएल सी एक्स व्यवसायको दोस्रो टी एम फोरम अवार्ड विजेता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते २०:०२

काठमाडाैं । ह्वावे र यसका साझेदारहरूले कस्टमर एक्सपिरियन्स मापदण्ड र अभ्यासहरूमा गरेको योगदानको लागि क्याटलिस्ट इन्डस्ट्री कन्ट्रिब्युसन टू फोरम अर्वाड जितेका छन्। गत शुक्रबार ह्वावे र यसका साझेदारहरूले कस्टमर एक्सपिरियन्स सी एक्स मापदण्ड र अभ्यासहरूमा गरेको योगदानको लागि उक्त अवार्ड जितेका हुन्।

यो ए आइ/एम एल प्रयोगद्वारा सी एक्स व्यवसायको प्रतिफल सक्रियताका साथ अघि बढाउने शीर्षकको रापिड-फाइयर, प्रुफ-अफ-कन्सेप्ट क्याटलिस्ट परियोजनाले गत वर्ष टिएम फोरमको बेस्ट इम्प्लिमेन्टेसन अफ इनोभेटिभ टेक्नोलोजी सोलुसन पुरस्कार पनि जितेको थियो।

यस परियोजनाले कसरी सञ्चार सेवाप्रदायकहरू र साझेदारहरूले ग्राहकको आवश्यकता र सन्दर्भलाई अझ सही रूपमा निर्धारण गर्न इन्टेलिजेन्स्को राम्रो प्रयोग गर्न सक्छन् भनेर देखाएको ह्वावेले जनाएको छ।

उनीहरूको सबैभन्दा ठूलो सी एक्स ग्यापहरू पहिचान गरेर र राम्रो व्यापार परिणामहरू ड्राइभ गर्न कुन सी एक्स पक्षहरू प्रयोग गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाएर सिएसपिएसले सी एक्समा थप सूचित र रणनीतिक लगानी गर्न, रिटर्न अन एक्स्पिरियन्स बढाउन र अनुभवकेन्द्रित व्यापार सञ्चालनहरू हासिल गर्न सक्छन्।

‘टिएम फोरम एसेटमा योगदान दिन पाउनु हाम्रो टिमको लागि ठूलो सम्मान थियो, विशेष गरी, ग्राहक अनुभव र विश्वास र अटोनोमस अपरेसन्स र ह्युमन फ्याक्टर्समा एचकेटीमा हामी बजारको गतिशीलतालाई द्रुतगतिमा परिवर्तन गर्न सतर्क रहनेछौँ ताकि हामी ग्राहकको विकासशील आवश्यकताहरूमा जोशका साथ प्रतिक्रिया दिन सकौँ। सुपिरियर- एक्स्पिरियन्स फाइभ जी अपग्रेड र इन्टरप्राइज डिजिटलाइजेसनले हाम्रो परिवर्तनलाई स्वायत्त कार्यहरूतर्फ लगिरहेको छ,’ एचकेटीका ग्राहक सेवा एभिपी डेरेक चेनले भने।

‘टिएम फोरमसँगको हाम्रो सहकार्य विगतका केही वर्षहरूमा हाम्रा उपलब्धिहरूको लागि उत्कृष्ट केन्द्रबिन्दु भएको छ। हामीले टिएम फोरम ग्राहक यात्रामा सम्पूर्ण मोडेल निर्माण गर्यौं र अब हाम्रो कामलाई छिटो बनाउन र सन्दर्भबाट अगाडि बढ्न धेरै टिएम फोरम स्रोतहरू प्रयोग गर्दैछौँ। ह्वावे र टिएम फोरमसँगको हाम्रो साझेदारीले हामीलाई ग्राहक अनुभवलाई विकास गर्न धेरै मद्दत गरेको छ,’ साउदी टेलिकम कम्पनीका एस्योरेन्स स्ट्राटिजी जिएम मोहम्मद एस. अलसलिमले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?