+
+

‘युक्रेनमा जहाँ समस्या छ, त्यहाँ नेपाली छैनन्’

रामकाजी खड्का, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, जर्मनीका लागि नेपाली राजदूत
२०७८ फागुन १२ गते ८:५२

गैरआवासीय नेपाली संघ र लामो समयदेखि युक्रेनमा रहेका नेपालीसँग मैले त्यहाँको अवस्थाबारे बुझेको छु । एनआरएनएका अध्यक्ष हरिबहादुर मल्ल र जयन्तकुमार नेपालसँगको सम्पर्कबाट केही नेपालीहरूको लिस्ट प्राप्त भएको छ ।

एनआरएनए अध्यक्षबाट जम्मा ३८ जनाको लिस्ट पायौं । फेरि थप ४४ जना सम्पर्कमा आउनु भएको छ । उहाँहरू सबैको सूची हामीले परराष्ट्र मन्त्रालयमा पाठसकेका छौं । यो सूची दुई दिनको हो ।

अरु थप सम्पर्कमा आउने क्रम जारी छ । यहाँ कति नेपाली हुनुहुन्छ भन्ने आधिकारीक सूचना केही छैन । सबैले अनुमान गर्ने हो । मेरो अनुमानमा १५० जना हुनुहुन्छ होला ।

हामीले सम्पर्कमा आएका जति व्यक्तिहरूलाई सामाजिक सञ्जाल र हामीलाई उपलब्ध ह्वाट्सएम नम्बरमा ट्राभल एड्भाइजरी जारी भएको सूचना पनि पठाइसकेका छौं । त्यही सूचना त्यहाँको गैरआवासीय नेपाली संघमा पनि पठाएका छौं ।

हालसम्म हेर्दा अप्ठ्यारो परिस्थिति आइसकेको छैन । नाकाबन्दी लाग्ने स्थिति छ तर सैन्य कारबाही हुने स्थिति छैन । पछि के हुन्छ थाहा छैन । अहिलेको अवस्थामा दुई राज्य डोनेट्स्क र लुहान्सकबाहेक अरु ठाउँमा समस्या देखिएको छैन । जहाँ समस्या देखिएको छ ती क्षेत्रमा नेपाली नै छैनन् । त्रास र चिन्ता बढेको मात्रै हो ।

सामान्यतया उपभोग्य वस्तुको मूल्य बढेको पाइएको छ । हवाई सेवा भने युक्रेनबाहेक अन्य अन्तर्राष्ट्रिय कम्पनीले बन्द गरेको सूचना आएको छ ।

युक्रेनमा डाक्टर, विद्यार्थी र श्रमिकहरू हुनुहुन्छ । जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरूले पहिलेको जस्तै सामान्यरुपमा काम गर्ने गरिराख्नु भएको छ । कतिपय डाक्टरहरूको पढाइ सकिएको छ । प्रयोगात्मक अभ्यास भने बाँकी छ । यस्तो अवस्थामा नेपालमै अभ्यास गर्ने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने आशय उहाँहरूको छ । उहाँहरू नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकै डाक्टरसापहरू हो ।

मैले विद्यार्थी र काम गर्नेहरू गरी ४५ जना भएको ठाउँमा पनि कुरा गरेको थिएँ । मलाई जानकारी गराएसम्म उहाँहरूमध्ये कोही ६ महिना, कोही २/३ महिनाअघि त्यहाँ पुग्नु भएको रहेछ । उहाँहरूले यतिका पैसा खर्च गरेर आएका छौं, अहिले नै फर्किनुपर्ने त होइन होला भन्ने कुरा गर्नु भएको छ । बरु हामीहरूलाई तपाईंहरूको के हो भन्ने खालको कुरा गर्नु भएको छ ।

मैले पनि तपाईंहरू जहाँ बस्नुभएको छ त्यहाँ त्यस्तो क्रिटिकल अवस्था त छैन होला भनेर सोधेको थिएँ । मेरो जानकारीमा पनि त्यहाँ त्यस्तो अवस्था छैन । अब भविष्यमा पर्न सक्ने अप्ठेरोका लागि तपाईंहरूको विष्तृत जानकारी राख्न लागेका हौं भनेको छु ।
यदि कोही नेपाल फर्किन चाहेमा टिकटको कुरा हुन्छ । राज्यले त यतिका व्यक्तिलाई टिकट दिन गाह्रो हुन्छ । तर अझै उहाँहरूको भनाइ के छ भने काठमाडौं त जाने त्यहाँबाट घर त जानु पर्‍यो भन्ने छ । बरु त्यो व्यवस्थाका लागि हामी भनौंला भनेको छु ।

कतिपय त वैदेशिक रोजगारीको लागि स्वीकृति लिएर आउनुभएको होला भनेर सोधेको थिएँ । यस्तो कुरा गर्दा उहाँहरूमध्ये आधा स्वीकृति लिएर आएको, आधा स्वीकृति नलिएर आएको भन्ने कुरा आयो ।

मैले सम्पर्क आएका व्यक्तिहरूलाई सम्झाएको छु चिन्ता गर्नुपर्ने अवस्था छैन भनेर । सान्त्वना पनि दिएको छु । यदि तपाईंहरू नेपाल फर्किन चाहनुहुन्छ भने तपाईंहरूले त्यही अनुसारको तयारी गर्नुहोला भनेको छु ।

(जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासँग अनलाइनखबरकर्मी बसन्त रानाभाटले गरेको कुराकानी । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनसमेत हेर्दै आएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?