+
+

फेसन : गर्मीयाममा कस्तो पहिरन छनोट गर्ने ?

विपना थापा विपना थापा
२०७८ फागुन १२ गते १२:१२
विपना थापा, फेसन कोरियोग्राफर

विश्वका चर्चित सेलिब्रेटीहरु आफ्नो पहिरन र फेसनशैलीका कारण चर्चामा आइरहन्छन् । केही समयअघि मात्रै नेपाली ट्रान्सजेन्डर अञ्जली लामा न्युयोर्क फेसन विकमा सहभागी भएको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रैसँग छायो ।

कुनै पनि क्षेत्रमा सफल तथा चर्चित व्यक्तिहरुको पहिरन शैलीलाई सर्वसाधारणले अनुकरण गर्ने गर्दछन् । त्यसैले समाजको पहिरन संस्कारलाई सेलिब्रेटीको फेसनशैलीले धेरथोर प्रभावित बनाउँछ ।

फेसन सबैको लागि महत्वपूर्ण कुरा हो । फेसन आफैंमा कला हो । तर यसलाई कतिपयले गलत प्रयोग पनि गरिरहेका छन् । फेसन गर्न खोज्नु राम्रो कुरा भएपनि नजानेरै यसको प्रयोग गर्न खोज्दा भने केही दीर्घकालीन असर पनि पर्न सक्छ । नेपालीहरुको फेसनमा पनि विदेशी फेसनको प्रभाव पर्ने गरेको छ । भनिन्छ, मानिसको व्यक्तित्व उसको फेसन सेन्सबाट पनि छुट्टिने गर्छ ।

गर्मी मौसम सुरु हुँदैछ । यो मौसममा जाडोको तुलनामा बढी फेसनको आवश्यकता पर्छ । साथै, शरीरलाई मौसम सुहाउँदो कपडाको पनि आवश्यकता पर्छ ।

अहिले बजारमा ब्लेजर, क्रब, टिसर्ट र हाफ पाइन्ट बढी चलिरहेको छ । गर्मीको मौसममा महिला पुरुष, दुब्ला मोटा सबैले ब्लेजर लगाउँछन् । तर ब्लेजर किन्दा पातलो खालको किन्नु राम्रो हुन्छ । जुन अहिले चलेको फेसन हो । तर मोटो मान्छेलाई ब्लेजस सुहाउने भएपनि हाफ पाइन्टमा अलिक कठिन हुन्छ ।

महिलाहरुले गर्मीमा वानपिस कपडा पनि लगाउन सक्छन् । वानपिस लगाउने हो भने फ्लोरल खालको लगाउनुपर्छ । फ्लोरल वा नरम खालको कपडा पूरा वा वानपिसमा पनि लगाउन सकिन्छ । यसबाहेक केटीहरुले हाफ पाइन्टको पनि प्रयोग गर्न सक्ने थापाको बुझाइ छ । अहिले चलेको भनेको लुज टिसर्टमा लगाउने हाफ पाइन्ट हो । त्यससँग स्पोर्ट्स सुज लगाउन सकिन्छ । वान पिसमा भने फ्ल्याक क्लिपर लगाउन सकिन्छ ।

केटी मान्छेमा पनि दुब्लो शरीरले वानपिस वा हाफ पाइन्ट लगाउँदा पनि राम्रो देखिने भयो । मोटो मानिसले हाफ पाइन्टभन्दा सफ्ट खालको फ्लोरल पाइन्टको प्रयोग गर्न सक्छन् । पातलो खालको गाउन लगाउन सकिन्छ । यस्तो गर्दा पेट ठूलो छ भने पनि त्यो देखिंदैन । तर मोटो शरीर भएकाहरुले हाफभन्दा पनि पाखुरा राम्रोसँग ढाक्ने खालको लुगा लगाउनु उचित हुन्छ ।

कसरी रोज्ने सुहाउँदो रंग ?

विपना थापा, फेसन कोरियोग्राफर

फेसनमा ख्याल गर्नेहरुले ‘कलर सेन्स’को बारेमा पनि ध्यान दिनु जरुरी हुन्छ । कलर सेन्सको कुरा गर्दा गर्मी समयको लागि उज्यालो वा सेतो रंगको कपडा लगाउनु राम्रो हुन्छ । कालो रंगको कपडाले पोल्ने गर्छ । त्यस्तै, वसन्त ऋतुमा धेरै गर्मी हुने तर यो समयमा फूल धेरै फूल्ने भएकाले फूलजस्तै देखिने रंगहरुको प्रयोग गर्दा राम्रो हुुन्छ । डिजाइनमा सबैभन्दा महत्वपूर्ण भनेको कलर कम्बिनेसन पनि हो । गर्मी मौसमको लागि ओरेन्ज कलरको कपडा राम्रो हुन्छ ।  राम्रो देखिन्छ । हल्का बैजनी रंगको कपडा पनि राम्रो हुन्छ ।

हल्का कालो रंगको ब्लेजरमा सेतो टिसर्ट लगाउँदा सुहाउँदो देखिन्छ । त्यसका लागि निलो जिन्स पाइन्ट वा स्कर्ट लगाउन सकिन्छ । सेतो टिसर्टमुनि कटनको हाफ पाइन्ट पनि राम्रो हुन्छ ।

सामान्यतया उमेरले फेसनलाई खासै असर गर्दैन । तर ३५ वर्ष नाघेका विवाहित महिलाहरुले आफ्नो शरीरलाई मेन्टेन गरेका छैनन् भने त्यस्तो अवस्थामा उनीहरुको फेसनमा केही भिन्नता आउन सक्छ । जस्तो बच्चा जन्माइसकेकी महिलाले हल्का लुज लगाउँदा राम्रो हुन्छ । अहिले पञ्जाबी शैलीको पाइन्ट लगाउन सकिन्छ । माथिपट्टि कुर्ती र पञ्जाबी पाइन्ट लगाउन सकिन्छ ।

(फेसन कोरियोग्राफर तथा आईआईएफटी फेसन स्कुलकी कार्यकारी निर्देशक थापासँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?