+
+

चितवनमा बर्डफ्लु फैलिंदै, पाँच हजार कुखुरा मारियो

चितवनमा बर्डफ्लु भाइरसको संक्रमण बढ्दै जान थालेपछि पाँच हजार कुखुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका-८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिले सञ्चालन गरेको फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएपछि सबै कुखुरा नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १४:४०

१२ फागुन, चितवन । चितवनमा बर्डफ्लु भाइरसको संक्रमण बढ्दै जान थालेपछि पाँच हजार कुखुरा नष्ट गरिएको छ ।

भरतपुर महानगरपालिका-८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिले सञ्चालन गरेको फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएपछि सबै कुखुरा नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले बताए ।

उनका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको हो । ‍तीनवटा खोर रहेको सो फर्मको कुखुरा लगातार मर्न थालेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको थियो ।

एउटा खोरमा २१ महिनाका एक हजार ५०० कुखुरा रहेकोमा मरेर ४६ वटा बाँकी रहेको, दोस्रोमा सात महिनाका दुई हजार ४०० कुखुरा राखिएकोमा मरेर २३२ बाँकी रहेको र तेस्रोमा २८ दिनका पाँच हजार १०० कुखुरा राखिएकोमा मरेर पाँच हजार २७ बाँकी रहेको केन्द्रका प्रमुख डा. न्यौपानेले जानकारी दिए ।

यस्तै भरतपुर पंक्षी ल्याबका प्रमुख चेननारायण खरेलले पहिलाको भन्दा अहिले शंकास्पद केसहरु बढी आइरहेको बताए । ‘एक/दुई दिन बिराएर १२ वटा केसहरु आइरहेका छन्, कुखुरा खोरमा धेरै मरेपछि स्याम्पल ल्याइएको छ ।’ उनले भने, ‘हामीले एभियन इन्फ्लुन्जा र्‍यापिड टेष्ट गछौं, त्यो गर्दा पोजेटिभ आएपछि केन्द्रमा एच५एन१ परीक्षणका लागि पठाउँछौं।’

उनले थप दुईवटा फर्ममा पनि बर्डफ्लु हुनसक्ने आशंका लागेको त्‍यहाँको स्याम्पल केन्द्रीय प्रयोगशालामा परिक्षणका लागि पठाइएको बताए ।

केही दिनअघि जिल्लाकै राप्ती नगरपालिका–६ मा रहेको अनिता पशुपन्छी कृषि फर्ममा बर्डफ्लु देखिएको थियो । चितवन र काठमाण्डौंका केही फर्ममा बर्डफ्लु देखिएपछि सरकारले ती क्षेत्रलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

पोल्ट्रीको राजधानी मानिने चितवनमा पुनः बडफ्लु फैलिएपछि व्यावसायीहरु चिन्तित बन्न थालेका छन् । पोल्ट्री विज्ञ एवम् पञ्चरत्न फिड्सका प्रमुख डा. तिलचन्द्र भट्टराईले जिल्लामा ठूलो संख्यामा कुखुरा भएकाले उच्च सावधानी अपनाउन कृषकलाई अनुरोध गरेको बताए । उनले पहिलाको भन्दा मोर्टालिटी दर कम भएपनि सावधानी अपनाउन किसानहरुलाई सुझाव दिएको बताए ।

चराचुरुङगी, मान्छे तथा खोरमा काम गर्ने व्यक्ति, कुखुराजन्य पदार्थ बोक्ने सवारी साधानबाट खोरमा संक्रमण फैलिन सक्ने भएकोले विषेश सचेतना अपनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘ स्थानीय फर्म तथा हाँस प्रजातिबाट बर्डफ्लू कुखुरामा सरेको देखिएको छ । चराचुरुङगी, मान्छे तथा खोरमा काम गर्ने व्यक्ति, कुखुराजन्य पदार्थ बोक्ने सवारी साधानबाट बर्ड फ्लु फैलिन सक्छ। सावधानी र सतर्क रहौं ।’

चितवनमा साना ठूला गरी १० हजार बढी पोल्ट्री फार्म, सय बढी ह्याचरी, ५ सय लेर्यस फार्म र सयौं ब्रोइलर फार्म रहेका छन् भने एक लाखदेखि ३ अर्बसम्मको पोल्ट्रीजन्य लगानीका फर्म तथा व्यावसायी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?