+
+

राष्ट्र उत्थानको आईपीओ बाँडफाँट, ७९ हजार ४५० जनाले हात पारे सेयर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १६:५०

१२ फागुन, काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । बिहीबार गरिएको बाँडफाँटमा योग्य आवेदकहरु २५ लाख ७९ हजार ४०२ मध्ये गोलाप्रथाबाट ७९ हजार ४५० जना भाग्यमानी आवेदकले मात्रै १० कित्ताको दरले सेयर हात पारेका छन् ।

यस संस्थाको आईपीओमा २५ लाख ८५ हजार २६१ जनाले २ अर्ब ९४ करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ६७ हजार २१० कित्ता सेयरको लागि आवेदन दिएका थिए । ५ हजार ८५९ जनाको आवेदन भने रद्द भएको थियो ।

आईपीओ गत ४ फागुनदेखि खुला भएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो ।

कम्पनीले निष्कासन गर्ने साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र जारी पुँजी २६ करोडको ०.२ प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?