
१२ फागुन, काठमाडौं । श्री एयरलाइन्सले पोखरामा पुनः उडान सञ्चालन गर्ने भएको छ । श्री एयरलाइन्सले आगामी आइतबार (१५ फागुन)देखि पोखरामा पुनः उडान गर्न लागेको जानकारी गराएको छ ।
काठमाडौंबाट ७ ४० मा उड्ने जहाज पोखराबाट भने ८ः३५ मा काठमाडौंका लागि उड्ने छ । यो रुटमा श्री एयरलाइन्सले कोरोना महामारिपछि उडान रोकेको थियो ।
पर्यटकीय सिजन नजिकएसँगै श्री एयरलाइन्सले पोखरामा उडान विस्तार गरेको हो । पोखरामा अहिले यति र बुद्ध एयरले उडान गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4