+
+

नेपाली भूमिमा कसैलाई चीनविरोधी गतिविधि गर्न दिन्नौं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १७:५२

१२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्षले नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका छन् ।

बुधबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय सम्पर्क विभागका उप-प्रमुख चेङ झाऊसँग भएको भिडियो कुराकानीमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका हुन् ।

उनले नेपालले दृढतापूर्वक ‘एक चीन नीति’ अख्तियार गर्दै आएको पनि बताएका थिए । नेपाल-चीन मित्रता प्रबर्द्धनका लागि सीपीसीसँग मिलेर सहकार्य एवं संवाद गर्न समेत नेपाल आतुर रहेको उनको भनाइ थियो ।

यता, भिडियो कुराकानीमा झाओले दुबै मुलुक र दलबीचको सम्बन्धको प्रशंसा गरेका थिए । चीनले द्धिपक्षीय सम्बन्धको स्वस्थ एवं स्थिर विकासलाई अघि बढाउँदै नेपाली जनतालाई स्वतन्त्र भएर आफ्नो विकासको मार्ग रोज्न सधैं सघाउने पनि उनको भनाइ थियो ।

साथै, सीपीसीले एकीकृत समाजवादीसँग सहकार्य चाहेको भन्दै बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यढाँचाअनुसार विभिन्न क्षेत्रमा सँगै काम गर्न चाहेको पनि झाओले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?