+
+
Shares

ओलीले प्रचण्डसँग भने : एमसीसी राष्ट्रघाती भए मैले किन अघि बढाउँथें ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १९:२८

१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा राष्ट्रघाती कुरा केही पनि नभएको बताएका छन् ।

बिहीबार संसद भवन सिंहदरबारमा नेकपा माओवादी केन्द्रका नेताहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफूहरुले एमसीसीलाई अहिलेसम्म कहिल्यै राष्ट्रघाती नभनेको बताए ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको अवरोध खोलेर छलफलको वातावरण बनाउन एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । तर एमाले अध्यक्ष ओलीले पहिले आफूहरुले कारबाही गरेका १४ जना सांसदहरुलाई प्रतिनिधिसभामा सहभागी नहुने वातावरण बनाउनुपर्ने शर्त राखे ।

‘पहिले हामीले कारबाही गरेका १४ जना सांसदलाई प्रतिनिधिसभामा सहभागी नगराउने वातावरण बनाउनुस्’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘त्यसपछि हामीले प्रतिनिधिसभाको अवरोध खोल्छौं, अनि एमसीसीबारे छलफल गरौंला ।’

माओवादी केन्द्रका नेताहरुले भने एमसीसी राष्ट्रियताको मुद्दासँग जोडिएको हुनाले पहिले त्यसलाई असफल पार्न आग्रह गरेका थिए ।

‘हामीले संसदबाट एमसीसी फेल भएपछि अरु बृहत्तर छलफल गरौंला भनेका थियौं’ छलफलमा सहभागी माओवादी केन्द्रका एक नेताले भने, ‘उहाँले मैले एमसीसीलाई कहिले राष्ट्रघाती भनेको छु र भन्नुभयो । कुरा बुझ्दा एमाले र कांग्रेस निकै अघि बढेको जस्तो देखियो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?