+
+

नेटोले युक्रेनमा सेना नपठाउने

रासस/सिन्ह्वा रासस/सिन्ह्वा
२०७८ फागुन १३ गते १३:२०

१३ फागुन, काठमाडौं । उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टेनवर्गले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भू-भागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो ।

बिहीबार बसेको नेटोको आपतकालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिए । उनले यस विषयमा छलफल भएको र नेटोले युक्रेनमा रहनेगरी सेना नपठाउने विषयमा निर्णय भएको बताएका छन् ।

साथै सो बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रुसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ ।

सो बैठकपछि भनिएको छ, ‘हामीले रुसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौँ र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौँ ।’

रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हलाई हमला गरिरहेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?